मंगलबार सुनको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

Posted on: 01 Nov, 2022

कात्तिक १५,  काठमाडौँ | मंगलबार सुनको भाउ १०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!