अर्थमन्त्रीबाट पौडेल बाहिरिने खबरसँगै नेप्सेमा गिरावट

Posted on: 27 Feb, 2023

फागुन १५, काठमाडौँ | एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सेयर बजार ओरालो लाग्न सुरू भएको छ । सोमबार (१ बजेम्म) सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार सुरू हुँदा नेप्से सूचक २०२९.३२ अंकमा पुगेको थियो ।

लगानीकर्ताको समस्या बुझेका विष्णुप्रसाद पौडेलको अर्थमा इन्ट्रीसँगै पुस १० पछि सेयर बजारमा सुधार देखिएको थियो । मन्त्रिपरिषद्को पहिलो बैठकले सेयर बजारलाई सम्बोधनसमेत गरेको थियो ।

सेयर बजारमा मनोविज्ञानले प्रभाव पार्ने यस क्षेत्रका विज्ञहरू बताउँंछन् ।

यतिबेलासम्म १ अर्ब ११ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै समूह घटेको छ । समग्रका बजार २६.४९ अंकले घटिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!