लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह

Posted on: 28 Feb, 2023

फागुन १६, काठमाडौँ | लघुवित्त वित्तीय संस्थाले दिने ऋणमा १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल उजुरी गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा नभएको र यदि सो भन्दा बढी ब्याज कुनै संस्थाले लिएको छ भने तत्काल उजुरी गर्न भनेको छ ।

लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ’ सुचनामा भनिएको छ । राष्ट्र बैंकले सहकारी संस्था र लघुवित्त फरक भएको बताएको छ । लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका वित्तीय संस्था भन्ने गरिएको छ ।

‘संस्थाहरू नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका संस्था हुन् । सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन्’ सूचनामा भनिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!