आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउँछु : प्रधानमन्त्री दाहाल

Posted on: 28 Feb, 2023

फागुन १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने बताएका छन् । आज ललितपुरको च्यासल रंगशालाको उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।

उनले खेलकुद क्षेत्रमा बजेटको व्यवस्था कम हुने गरेको उल्लेख गर्दै आउने बजेटमा पहिलेको भन्दा गुणात्मक रुपले बजेट राख्ने प्रतिबद्धता गरेका छन् ।

‘यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!