भारतबाट बढेर आयो एलपी ग्यासको मूल्य, पेट्रोल र डिजेलको मूल्य भने घट्यो

Posted on: 01 Mar, 2023

फागुन १७, काठमाडौँ | भारतबाट बढेर आयो एलपी ग्यासको मूल्यभारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३ सय ३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । 

भारतबाट ग्यासको मूल्य बढेर आएपनि पेट्रोल र डिजेलको मूल्य भने सामान्य घटेर आएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ तथा डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा घटेर आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!