भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपालमा किन घटेन ? यस्तो भन्छ आयल निगम

Posted on: 02 Mar, 2023

फागुन १८, काठमाडौँ | भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आँउदापनि नेपालमा भने तत्काल नघट्ने भएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै तत्काल मूल्य नघटाउने भनेको छ । निगमले पछिल्लो सूची अनुसार खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको तर, उपभोक्ता मूल्य अहिलेलाई यथावत राख्ने निर्णय भएको जनाएको छ । पछिल्लो मूल्यपछि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा हुनेछ । यस्तै, ऋण र बक्यौता गरेर करिब १६ अर्ब रुपैयाँ दायित्व बाँकी नै रहेको निगमको भनाइ छ । 

बुधबार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा, पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, मट्टीतेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन प्रतिलिटर ७ रुपैयाँ ३ पैसा घटेर आएको थियो । यस्तै, एलपी ग्याँस भने प्रतिसिलिन्डर ३०० रुपैयाँले बढेर आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहँदा त्यसको असर नेपालमा पनि देखा परेको हो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!