घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार ?

Posted on: 03 Mar, 2023

फागुन १९, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।  सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा एक सय रुपैयाँले घटेर कारोबार सुरु भएको हो ।

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख २ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँको गिरावट आएसँगै तोलामा १ हजार २६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!