शेयर बजार साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार

Posted on: 07 Mar, 2023

फागुन २३, काठमाडौँ | शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । बजार बढेकाे दिन दुई सय ६१ वटा कम्पनीका ४० लाख ५९ हजार कित्ता शेयर एक अर्ब २० करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेड र सुपर मादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!