१२ खेलाडीले क्याम्प छोडेर गएपछि अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएको खुलाशा

Posted on: 28 Apr, 2022

वैशाख १५, काठमाडौँ । खेलाडीसँगको विवादसंगै १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । 

एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको बन्द प्रशिक्षणमा प्रशिक्षकसँग बिबाद भएपछि १२ जना खेलाडीले होस्टेल छोडेर गएका थिए । त्यसपछि खेलाडीहरू बन्द प्रशिक्षणमा नआएपछि प्रशिक्षक अल्मुताइरीले त्रिभुवन आर्मी क्लबका पाँच जना खेलाडीसहित १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका खुलेको हो ।

बन्द प्रशिक्षण छोडेर गएका खेलाडीहरुलाई बेवास्ता गरि अल्मुताइरीले एन्फालाई मंगलबारनै १४ जना नयाँ खेलाडीको नाम दिएका थिए । उक्त नाम एन्फाले स्वीकृत गरेको एन्फाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!