गर्मीमा मेवा कति उपयोगी ? थाहा पाउनुहोस्

Posted on: 30 Apr, 2018

एजेन्सी, मेवा जो कोहीलाई पनि मन पर्छ । तर तपाई हामी मध्ये धेरैले यसको महत्व नै नबुझी प्रयोग गरिरहेका हुन्छौँ । तर तपाई हामी मध्ये धेरैले यसको महत्व नै नबुझी प्रयोग गरिरहेका हुन्छौँ । मेवामा भिटामिन सी, ए, पोटासियम तथा क्याल्सियम र आइरनले भरिपूर्ण हुने हुनाले मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । मेवाले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ ।मेवाका स्वादका कारण प्रभावीत बनेका तपाई हामीले जान्नै पर्ने र आफ्नो दैनिक आहारामा छुटाउँनै नहुने मेवाका विशेषताहरु यस्ता छन् । 

१. थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सक्नुहुन्छ । 

२. कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । 

३. टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । 

४.  सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगविषहरुबाट छुटकारा दिन्छ । 

५. यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । 

६. मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!