ग्याँस सकिन लाग्यो, कसरी थाहा पाउने ? यस्तो छ सजिलो उपाय

Posted on: 06 Jul, 2018

एजेन्सी | धेरैजसो गृहिणी महिलाहरुलाई ग्याँस सकिन लाग्यो कि भनेर चिन्ताले सताउछ | धेरै पटक त थाह नै नभई ग्याँसले आपत नै पारिदिन्छ | तर अब भने सजिलो तरिकाबाट सिलिन्डरमा कति ग्याँस भने पत्ता लाउन सकिन्छ | 

ग्याँसको रंग र सिलिन्डर हल्लाएर पनि सामान्य तरिकाबाट नै ग्याँस सकिन लागे-नलागेको पत्ता लगाउन सकिन्छ | भिजेको कपडाबाट पनि  ग्याँसको बारेमा पत्ता लाउन सकिन्छ | यो तरिकाबाट केहि मिनेट मै ग्याँस कति बाँकि भने बारेमा जानकारी लिन सकिन्छ | 

सुरुमा पुरै सिलिन्डरलाई भिजेको कपडाले पुछ्नुहोस् | अब केहि बेर सुक्न दिनुस | २/३ मिनेटमा सिलिन्डरको केहि भाग सुक्खा र केहि भाग भिजेको देखिन्छ | जति भाग अझै सुकेको छैन, अब थाहा पाउनुहोस् त्यतिनै ग्याँस बाँकी छ | तर केहीबेर पछी उक्त भाग पनि सुक्नेछ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!