सुत्दा नि-वस्त्र सुत्नुस्: हुनेछन् यस्ता ७ फाइदा

Posted on: 06 Sep, 2018

टिप्स | तपाईलाई अचम्म लाग्न सक्छ, निवस्त्र सुत्दा पनि मानिसलाई फाइदा हुन्छ । तर विभिन्न अध्ययन र अन्तराष्ट्रिय संचारमाध्यमबाट प्राप्त रिपोर्ट अनुसार सुत्दा नग्न सुत्दा मानिसलाई धेरै फाइदा छन् । राती कपडा खोलेर सुत्दा सुत्नाले केवल शारिरीक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्य अनि जीवन साथीसँगको सम्बन्धलाई पनि सुधार गर्छ । कतिपय अवस्थामा नग्न सुत्न नसक्ने अवस्था रहने भएपनि आफ्नी श्रीमान/श्रीमती वा एक्लो अवस्थामा बन्द कोठामा नग्न रुपमा सुत्नु फाइदाजनक छ भन्ने बिषयमा आज हामी चर्चा गर्छौं । 

शरिरलाई पनि स्वतन्त्रताको आवश्यकता पर्दछ । त्यसमा पनि हामीले लगाएको कतिपय कपडाको कारण हाम्रो सरिरलाई नकारात्मक असर गरिरहेको हुनसक्छ । नाङ्गो सुत्नु शरिरको स्वतन्त्रताको लागि आवश्यक मानिन्छ । मानिस खुसी हुँदा दिमागमा एक विशेष हर्मोन पैदा हुने गर्छ, जसलाई डोपामिन भनिन्छ । सुत्दा श्रीमान/श्रीमती बीच एक अर्कोको छालासंग स्पर्श हुँदा हुने अनुभुतिले पनि डोपामिन पैदा गर्छ । 

भित्री वस्त्र समेत खोलेर सुत्नेहरुलाई के-के फाइदा पुग्छ त ? तल चर्चा गरिएको छ: 

१. रक्तसञ्चार सुचारु सहज 

ब्रा–पेन्टी वा सरिरमा हुने कपडा कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु सहज नबनाएको हुनसक्छ, रक्तसंचार सहज नहुनु भनेको सरिरलाई नकारात्मक असर गर्नु हो । यस्तो आसरले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

२. दाग बस्दैन 

ब्रा र पेन्टी वा कसिलो लुगा लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ । कपडा लगाउनेले पनि सकेसम्म सुत्ने समयमा इलास्टिक नभएको हल्का कपडा लगाउनु राम्रो मानिन्छ ।

३. गहिरो निद्रा

सरिरको भीत्री वस्त्र वा अफ्ट्यारो बस्त्र खोलेर सुत्दा सरिर स्वतन्त्र बन्छ, जसको कारण निन्द्रा पनि राम्रो लाग्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा सजिलै आउँछ । 

४. आराम हुन्छ

भीत्री वस्त्र वा लुगा लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुने हुँदा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ । त्यसैले आफुलाई उर्जाशील बनाउनको लागि भए पनि निवस्त्र सुत्नु फाइदाजनक छ । 

५. महिलाहरुलाई स्तनसम्बन्धी रोग लाग्दैन 

टाइट लुगा महिला/पुरुषलाई उत्तिकै असर गर्ने हुन्छ । महिलाको हकमा ब्रा को प्रयोग हुने हुँदा कसिलो ब्राको कारण पनि स्तनसम्बन्धी रोग लाग्न सक्छ । ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन । ब्रा कै असरको कारण स्तनपान गराउँदा प्रयाप्त दुध नआउने वा गानिने समस्या हुनसक्छ ।

६. पसिना आउँदैन

सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

७. क्यान्सरको जोखिम कम गर्छ 

कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुन्छ । कँसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु नहुँदा प्रत्यक्ष असर गर्छ । जसले गर्दा क्यान्सरको जोखिम बढ्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!