चोरी भएका ८ थान स्कुटरसहित ५ जना पक्राउ

Posted on: 23 Apr, 2022

वैशाख १०, काठमाडौँ | काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटर सहित चोरी कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे धुलिखेल नगरपालिका-११ घर भएका १८ वर्षीय किशोर सहित ५ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बुधबार १ जना किशोरलाई चोरी भएको १ थान स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौँका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुल्न आएपछि बिहीबार काठमाडौँ महानगरपालिका-१५ चौमतीस्थित सडकबाट चोरी भएका अन्य ७ थान स्कुटर सहित चोरी कार्यमा संलग्न ती किशोरहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!