७ केजी सेतो हेरोइनसहित दुईजना विदेशी महिला पक्राउ

Posted on: 24 Apr, 2022

वैशाख ११, काठमाडौँ | दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइन प्रहरीले बरामद गरेको छ । वैशाख ३ मा कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गको साथबाट हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठले बताए ।

ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई वैशाख ४ मा पक्राउ गरेको छ । जाम्बिया घर भएकी ३५ वर्षीया कापुटुला कतार एयरवेजको उडानमार्फत सेतो हेरोइन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन् ।

सुटकेशमा फल्स बटना बनाएर काठमाडौंसम्म ल्याएको सो सेतो हेरोइनको अवैध बजार मूल्य १४ करोड रहेको ब्यूरोले जनाएको छ । ब्यूरोले उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन–२०३३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!