बैंकिङ कसुर मुद्दाकी फरार अधियुक्त काठमाडौंबाट पक्राउ

Posted on: 24 Apr, 2022

 वैशाख ११, लमजुङ | बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।

प्रहरीले ४४ लाख ९१ हजार ९ सय जरिवाना र कैद सात दिन सजाए भई फरार रहेकी लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भएकी ४१ वर्षीया विमला बर्दियालाई काठमाडौं प्रहरीको समन्वयमा शनिबार पक्राउ गरिएको हो ।

विमला हाल काठमाडौंमा लुकेर बसिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर उच्च अदालत पाटनले २०७८ पुस २६ गते र २०७७ फागुन १७ गतेको फैसला अनुसार आइतबार लमजुङ जिल्ला अदालतमा पेस गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!