दलित महिला सदस्य मृत फेला

Posted on: 07 Jul, 2022

असार २३, खोटाङ | रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाको दलित महिला सदस्यमा निर्वाचित ३० वर्षीय विश्वकर्मा बिहीबार बिहान मृत फेला परेकी हुन् ।

मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

हजुरबाको मरण भएको कान्छा काकाको घरमा बुधबार राति बुबाआमा गएपछि मेनुजा र दुई छोरीसहित माइतीमै सुतेका थिए । रातको २ बजे पिसाब फेर्न गएर आएपछि सुतेकी उनी घरमै मृत अवस्थामा फेला परेको वडा सदस्य महेश श्रेष्ठले बताए ।

श्रीमान भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएपछि उनी दुई छोरीसहित घर सम्हाल्दै आएकी थिइन् । मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्ने गरेकाे रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । 

मेनुजा सात सय २० मत ल्याएर दलित महिला सदस्यमा दोस्राे पटक विजयी भएकी हुन् । उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । स्नातक उत्तिर्ण गरेकी मेनुजाले कांग्रेसका वडा सभापतिको जिम्मेवारी पाएकी थिइन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी उमेश लम्सालले बताए । 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रसेर राई बिहीबार बिहान घरपछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!