Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज ०८ गते, बिहान ८:२३ बजे
कृषि गतिबिधी

दोलखाको तामाकोशी गाउँपालिकाका कृषकलाई अनुदान दिने

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ८, चरिकोट | दोलखाको तामाकोशी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो । 

गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी रु तीन हजारदेखि रु ३० हजारसम्म अनुदान दिने निर्णय गरिएको छ । उन्नत जातको गाईपालन, भैँसीपालन, बङ्गुरपालन, भेडापालन, बाख्रापालन, माछापालन, माहुरीपालन, मसला बाली तथा फलफूल व्यवसाय गर्ने कृषकलाई अनुदान दिइने अध्यक्ष पोखरेलले बताउनुभयो । “कृषकलाई उत्पादनमूलक क्षेत्रमा लगाएर व्यावसायिक बनाउन तथा जीवनस्तर उकास्ने उद्देश्यले अनुदानको व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।