Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर ०२ गते, बिहान ८:११ बजे
कपिलवस्तु - KPL

कार्यपालिका सदस्य विकको लगानी कृषिमा

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे | मङ्सिर २, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन । देशमै केहि गर्ने मोहले लामो समय सम्म वैदेशिक रोजगारी वाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेको छन । विक कार्य पालिकाको बैठक बाहेक अन्य समयमा दिन भर जसो आफनै खेतबारीमा व्यस्त भेटिन्छन ।

समृद्ध नेपालका लागि कृषि भन्ने मुल नारालाई आत्मसाथ गर्दै कार्यपालिका सदस्य रहेका भएका वि.क. अहिले ४ विगाहा खेत भाडा लिएर कृषि गर्दै आएका छ । कृषि बाट नै राष्ट समृद्ध बन्न सक्छ भन्ने मुल नारालाई आत्म साथ गर्दै उनले कृषि पेशालाई अगालेका छन । 

 जीवनका केहि बर्ष बैदेशिक रोजगारीमा विताएका उनी २०७४ मा भएको स्थानिय तहको निर्वाचन पछि  कार्यपालिका सदस्यमा निर्वाचित भए । “ कार्यपालिकाको बैठकमा सहभागि पनि हुन्छु जनताको चाहाना अनुसार काम पनि गर्छु र आफ्नै श्रम र मिहिनेतले कृषि पेशा अगालेको छु “ उने भने । 

अर्गानिक कृषि फार्मको नाममा संचालित कृषि फार्ममा अहिले सिजन अनुसार तरकारीहरु लगाइएको छ । ४ विगाहा जग्गामा २ वटा पोखरी पनि छन । जग्गा भाडामा लिएर उनले आफै पोखरी खनाएका हुन । पहिलो बर्ष भएर पोखरीमा पानी अडिन्छ अडिदैन भन्ने जाँच मात्रै गरेको विकले बताए । आफुले भाडामा लिएको जग्गा सबैमा पहिले केराबारी मात्रै भएकोले केराका बोटहरु नष्ट गर्न र खेती योग्य जमिन बनाउन मात्रै लाखौं खर्च भएको उनले सुनाए । 

केरा खेती भएको जग्गा भएकाले माटोमा उत्पादन क्षमता कम भएकोले सोचे जस्तो उत्पादन यस बर्ष हुन सकेको छैन । माटोको उत्पादन वृद्धि गर्न आफैले अर्गानिक कम्पोष्ट मल बनाउन सुरु गरेको  उनले बताए ।  सरकारले कषिमा धेरै लगानी गरेको भए पनि कृषि पेशा गर्न आवश्यक पर्ने आधुनिक औजार भारतबाट मगाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । 

प्रदेश सरकारले कृषिबाट समृद्धिको अभियान अन्तर्गत कृषि गर्न चहाने तर जग्गा जमिन नभएकाहरुका लागि जग्गा भाडामा लिएर कृषि पेशा गर्नेको जग्गा भाडा तिरिदिने व्यवस्था  गरेको छ । बैदेशिक रोजगारमा भौतारीने युवाहरुलाई कृषि पेशामा आर्कषित गराउन सकिने हो भने देशले कृषिबाट नै समृद्धि पथमा लम्कीने विक ले बताए । 

कृषि उत्पादनले भने जस्तो बजार नपाउदाँ भने किसानहरु मर्कामा पर्ने गरेको गुनासो समेत उनले व्यक्त गरे । गत बर्ष आफ्नो बारी भरी काक्रा फलेको भए पनि उचित मुल्य नपाएर खेतबारीमा नै कुहाउनु परेको तितो अनुभव उनले सुनाए । “भारतिय बजार नजिक भएको र तरकारी जन्य बस्तुहरु भारतबाट नेपाली बजार आयात हुदाँ यहिको कृषि उपजहरुले सहि मुल्य नपाउदाँ  कृषकहरुमा नैराश्यता आउछ, नेपाली उत्पादन भन्दा आधा सस्तोमा भारतीय कृषि उपज बजार आए पछि हाम्रो उत्पादनले बजार पाउँदैन र खेतबारीमा सडाउनु पर्छ ” कार्यपालिका सदस्य विकले भने ।