जीप दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

Posted on: 29 May, 2024

जेठ १६, दार्चुला | बैतडीको दशरथचन्द नगरपालिका–१० स्थित भगोडेनोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उक्त जीपमा सवार अन्य ८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम गोठलापानीबाट झुलाघाटतर्फ जादै गरेको सुप प्र ०१००१ ज १५०० नम्बरको जीप बुधबार दिउँसो ३ बजेतिर भगोडेनोला दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा एक महिलाको मृत्यु भएको र मृत्तकको पहिचान खुल्न बाँकी रहेको बैतडीका प्रहरी प्रमुख दिपक गिरीले बताए । उनले दुर्घटना स्थलमा जीपको मुनि च्यापिएकी अवस्थामा प्रहरीले उद्धार गरि जिल्ला अस्पताल ल्याउदा ती महिलाको मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त जीप सडकबाट ३० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको उनले बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!