३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या

२१ मंसिर २०७७, आईतवार ०५:२७

मङ्सिर २१ , बैतडी | बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा रहेको हो । यसका साथै रोडीदेवल, जलहल्ला, दुर्गास्थान, चौड, सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका प्रमुख सुरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका थप नौ स्थानबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कैलपाल, मानिकाखान, ठाँड, कटौजपानी, झुलाघाट, पुर्चौडीहाट, सुर्नया गाउँपालिका, वसन्तपुर र सिगासको गुगुल्टेबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको छ । कैलपाल, मानिकाखान, ठाँडमा टावर बनिसेकेको छ ।”

जिल्लाका २८ स्थानमा टावर राखेर टेलिकमले नमस्ते मोबाइलको सेवा दिइरहेको छ । टेलिकमले जिल्लाभरि आफ्नो क्षमता विस्तार गर्न टावर निर्माण र स्तरोन्नतिको काम गरिरहेको दूरसञ्चार कार्यालय बैतडीका प्रमुख कार्कीले जानकारी बताउनुभयो ।  उहाँले भन्नुभयो, “हाल टेलिकमले स्थानीय तहका कार्यालयलाई प्राथमिकतामा राखेर सेवा थपिरहेको छ, पुराना टावर रहेका स्थानबाट सेवा प्रभावकारी भए पुरानै टावरबाट सेवा दिइरहेको र पुराना टावरबाट सेवा प्रभावकारी नभए नयाँ टावर थपिररहेको हो ।”  सूचना, प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा भने तीव्रगतिमा वृद्धि भइरहेको उहाँको भनाइ छ । जिल्लाका अधिकांश टेलिकमका टावरमा विद्युत् नहुँदा सोलारको भरमा सञ्चालनमा रहेका छन् । सोलारको भरमा रहेका टावरले घाम लागेको बेला मात्रै नेटवर्क आउने गरेकाले समस्या हुने गरेको छ ।

बैतडीमा रहेका सबै नेपाल टेलिकमका टावरमा विद्युत्को पहुँच नपुग्दा इन्टरनेट र फोन सेवा प्रभावकारी हुनसकेको छैन । जिल्लामा रहेका आठ टावरमा मात्रै विद्युत्को पहुँच रहेको टेलिकम कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, ग्वाल्लेक, सिल्लेक र खोडपेमा रहेका टावरमा मात्रै विद्युत्को पहुँच रहेको उहाँले बताउनुभयो ।   बैतडीमा नेपाल टेलिकमका २८ टावरमध्ये १६ टावरबाट फोरजी सेवा सञ्चालनमा रहेका छन् । उहाँले भन्नुभयो, “विद्युत्को पहुँच नभएका ठाउँमा सोलारको भरमा टावर सञ्चालनमा छन् ।” सोलारको भरमा टावर रहेका सेवा क्षेत्रका नागरिकले घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा लिन पाउँछन् ।

घाम नलागेको बेला ब्याट्री चार्ज नभएर सेवा प्रवाह नहुँदा अधिकांश नागरिक फोन सेवा र इन्टरनेट सोव लिनबाट वञ्चित हुने गरेका छन् । घाम लागेको बेलामात्रै फोन सेवा र इन्टरनेट सेवा उपलब्ध हुने र अन्य समयमा नेटवर्क नआउने समस्या रहेको पुर्चौडीबाट अनिरुद्र जोशीले जानकारी  दिनुभयो । फोरजी सेवा सञ्चालनमा रहेका टावरमा विद्युत्को पहुँच पुगेको भए ८०० र एक हजार ८०० मेगाहर्ज दुवै सेवा सञ्चालनमा रहेका दूरसञ्चार कार्यालयले जनाएको छ । सोलारको भरमा रहेका टावरबाट पावर नपुग्ने भएकाले ८०० मेगाहर्जबाट मात्रै सेवा सञ्चालनमा रहेको दूरसञ्चार कार्यालय बैतडीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए