१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

वैकल्पिक माध्यमबाट पठनपाठन शुरु

२२ असार २०७७, सोमबार १४:०९

असार २२, बैतडी | यहाँ वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो । 

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जबाट आजदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिनुभयो । 

आजदेखि हरेक दिन साँझ ६:१५ बजेदेखि ७:०० बजेसम्म र बिहान ८:३० बजेदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन हुने छ । एक हप्तासम्म साँझको समयमा विज्ञान विषयको पढाइ हुनेछ भने बिहान ८:३० बजे सामाजिक शिक्षाको पढाइ हुनेछ । एक हप्ता माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन हुनेछ ।

रेडियो शिक्षा कार्यक्रमबाट कोर्सको पढाइ हुने भएकाले विद्यार्थीलाई रेडियो सुनेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन आग्रह गरिएको छ । रेडियो शिक्षा कार्यक्रममा विज्ञान विषयको कोर्स आजदेखि पढाउने भएकाले आज कक्षा १० को विज्ञान विषयको पढाइ भएको रोस्टर शिक्षक गजराज भट्टले जानकारी दिनुभयो ।

नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीअन्र्तगत रेडियो शिक्षा कार्यक्रमका विषयमा तालीमसमेत दिइएको थियो । विद्यार्थीहरु लामो समयदेखि घरमै बस्न बाध्य भएका र उनीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्नका लागि वैकल्पिक पठनपाठनको शुरु गरिएको हो ।

गत चैतदेखि विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठन विद्यार्थीका लागि उपयोगी हुने मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन शुरु गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल