Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

बाहिरियो ज्याकलिनको गोप्य तस्बिर

एजेन्सी | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ। केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो। गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन्।

ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशक

मौसममा सुधार आएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’

पुस २५, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारीदिनुभएको छ  । 

शनिबार विमानस्थलको अनुगमनका गर्दै उहाँले पछिल्लो केही दिनयतादेखि तराईमा ल

भारतमा एकै दिन १ लाख ४१ हजार संक्रमित, ओमिक्रोन संक्रमित मात्रै तीन हजार बढी

पुस २५, काठमाडौँ | भारतमा एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएका छन् । यो संक्रमणको तथ्यांक पछिल्लो ६ महिनापछिको ठूलो हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा ओमिक्रोन संक्र

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

पुस २५, काठमाडौँ | पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण आज देशका अधिकांश स्थानहरुमा मौसम बदलीका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश

प्रेस चौतारी खोटाङका अध्यक्षमा राई

पुस २५, खोटाङ | प्रेस चौतारी नेपाल खोटाङका अध्यक्षमा सीताराम राई ‘सञ्जीव’ चयन हुनुभएको छ । दिक्तेलस्थित शुभदिन होटलमा शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्षमा राजन ठटाल, महिला उपाध्यक्षमा

एमाले खोटाङका अध्यक्षमा दङ्गाल

पुस २५, खोटाङ | नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, स

बेलायतमा कोरोनाको कारण २४ घण्टामै २४३४ जना अस्पताल भर्ना, एकै दिन ३१३ जनाको मृत्यु

पुस २५, लन्डन | एजेन्सी | बेलायतमा कोरोना महामारी सुरु भएपछि कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख पचास हजार नाघेको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितहरुको मृत्यु भएको

हुम्ला सदरमुकाम सिमकोट सेताम्य, तापक्रम माइनस १२ भन्दा तल

पुस २५, हुम्ला | शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ ।  एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगा

नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको छानबिन सुरु

पुस २५, काठमाडौँ | नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग

प्रधानसेनापतिलाई भएको के हो ?

पुस २५, काठमाडौँ | प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचाररत छन् ।

तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना

भारी हिमपातमा हजारौं पर्यटक फसे, २१ जनाको मृत्यु, १० जना कारभित्रै जमे

पुस २५, काठमाडौँ | एजेन्सी | पाकिस्तानको पन्जाबको पहाडी क्षेत्र मुर्रीमा भएको भारी हिमपातको कारण हजारौं पर्यटकहरु बीच बाटोमै फसे । जसमा सवारीको संख्या मात्र १००० बढी रहेको बताइएको छ । 

बिबिसीको रिपोर्ट अनुसार, शनिवार भएको यो घटनाको कारण १० बच्चा सहित २१ को मृत्यु भएको छ । मृ

‘बुस्टर डोज’ कहिलेदेखि ?

पुस २४, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने (फ्रन्टलाइनर) र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित