पढ्न करिब 7 मिनेट लाग्छ

अनिल अधिकारी | काठमाडौँ | राजनीतिमा हरेक शक्तिले आफ्नो तरिकाले खेल खेलेको हुन्छ, इतिहाँसमा यस्ता खेलहरु निरन्तर भए | त्यस्तै खेल अहिले देखिएको छ |

आज सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको समर्थन फिर्ता लिएपछि राजनीतिक वृतमा त्यसको निकै नकारात्मक चर्चा चुलिएको छ | धेरै राजनीतिको खेल नबुझेकाले भनेका छन् कांग्रेसको आडमा माओवादीले सरकार त्याग्यो | माओवादी जंगली | सामाजिक संजालमा एमाले र कांग्रेसको खिल्ली उडाइएको छ |

सोझा जनताले देख्दा माओवादीले सरकार छोड्नु गलत छ तर बास्तबिकता के पनि हो भने माओवादीलाई अहिलेको सरकारमा टिकीराख्नु फलामको चिउरा चपाएजस्तै थियो | यो सरकारमा जतिपनि काम हुन्थ्यो र भयो त्यसको एकोहोरो फाइदा एमालेले मात्र लिए तर जनताले के बिर्सिए भने त्यो सरकारमा माओवादी पनि छ | जब जनताले हरेक कामको प्रेरणा एमालेलाई दिए तब एमाओवादीको एक खेमामा यो सरकारसँगको समर्थन पहिले नै टुट्दै गएको थियो | अर्को कुरा, एमालेलाई समर्थन गर्नुपुर्ब माओवादीले एमालेसंग गरेको सहमतिलाई एमालेले पुरा गर्न चाहेन बरु बर्तमान समयलाई बुझेर एमालेले एमाओवादीलाई प्रयोग गर्न पाउनजेल प्रयोग गर्ने र जनताको समर्थन लिईराख्ने अनि माओवादीलाई वाक्कदिक्क बनाएर सरकार गिराउने अनि त्यसको फाइदा पनि आफैले लिने गोप्य षड्यन्त्र रच्यो | जुन षड्यन्त्रलाई उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समेत बुझेर भनेका थिए- प्रधानमन्त्री केपी ओली र नेकपा एमालेका नेताहरु नै माओवादीलाई धकेलेर सरकारभन्दा बाहिर पुर्याउन चाहन्छन् ।

समय छंदै माओवादीलाई धकेलेर सरकार बाहिर पुर्याउने र प्रतिपक्षमा बसेर चुनावमा जाने एमालेको दाऊ रहेको कुरा राप्रपा नेपालका अध्यक्ष थापाले प्रष्ट संकेत गरेका थिए । उनले एमालेले यो रणनीति लिँदा एमालेलाई भोट बढ्ने तर देशको अवस्था नै बिग्रिएको अवस्थामा एमालेको भोट मात्रै बढेर मुलुकलाई कुनै फाइदा नहुने धारणा राखेका थिए | बालुवाटारको बैठकमा थापाको भनाइ थियो ‘त्यसैले प्रधानमन्त्री र प्रचण्डजीले आसपमा समझदारी गर्नुहोस्, अहिलेको गठबन्धनलाई टुटाउनु हुँदैन ।’ तर आइतबार थापाले भनेको कुराको प्रमाण सोमबारको बैठकले देखायो | सोमबारको बैठककै कारण सरकारबाट माओवादीले समर्थन फिर्ता लियो | सोमबारकै घटनाले पनि एमालेले एमाओवादीलाई गलत बनाएर जनताको समर्थन आफ्नो पक्षमा पार्न खेलेको खेलको रुपमा हेर्न सकिन्छ | कि त भने सरकार गठन गर्दा ओलीले एमाओवादीसँग कुनैपनि त्यस्तो सम्झौता (जुन अहिले आएर पुरा गर्न सकिन्न) गर्नुनै गलत थियो |

सोमबारको बैठकमा माओवादीलाई एमालेले सौतेनी ब्यबहार गरेपछि माओवादीले मंगलबार (आज) सरकारको समर्थन फिर्ता लियो | त्यसो त पहिले सरकार बनाउने क्रममा एमालेले माओवादीसँग गरेको ९ बुदे सहमति र ३ बुदे सहमतिलाई पनि एमालेले मान्न तयार भएन | आफूसंग भएको सहमति एमालेले कार्यन्वयन नगर्ने भएपछी माओवादीलाई निरिह बनेर सरकारमा बस्न मन नलागेको हुनसक्छ र उसले सरकारबाट आफ्नो समर्थन फिर्ता लियो |

अर्को कुरा, सरकारले गरेको काममा एकोहोरो ‘प्रोफिट’ (फाइदा) हेरिरहेको र खाईराखेको एमालेलाई अब केहि समय सत्ता चलाउँदा निकै गाह्रो हुने पक्का थियो | बोल्ने मात्र तर काम नभईरहेको परिस्थितिमा तत्काल सत्ता पल्टाउने राजनीति एमालेले नै गरेको प्रष्ट देखिन्छ | एमालेको खेललाई बिजयकुमार गच्छदारले पनि बुझेका थिए त्यसैले उनले पनि प्रचण्ड र केपी ओलीलाई मिल्न आग्रह गरेका थिए । उनले ओलीलाई ९ बुँदे समझदारी कार्यान्वयन गर्न र कांग्रेसलाई पनि सरकारमा ल्याउन पहल गर्न सल्लाह दिएका थिए । तर पार्टीका अन्य नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार तत्काल ढाल्दा नै पार्टीलाई फाइदा हुने सल्लाह दिएका कारण ओलीले कसैको कुरा सुनेनन | ओलीनिकट एमाले नेताहरुको अनौपचारिक बैठकले सरकारमा बसिरहेर भन्दा सरकार बाहिर रहेर चुनावमा जाँदा पार्टीलाई धेरै भोट आउने निश्कर्ष निकालेको थियो । त्यसैले कुनै पनि बाहनामा सरकार ढालेको दोष माओवादीलाई जाने गरी एमाले सरकारबाट बाहिरिन इच्छुक थियो । सरकारमा छँदा ९ महिने कार्यकालमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रवादी छवि बनाएको र मधेसको आन्दोलनलाई समेत नटेरेर जनताको मन जित्नुको साथै पार्टीलाई बलियो बनाएको निश्कर्षसहित एमाले नेताहरु सरकारबाट बाहिरिएर चुनावमा जानु इच्छुक देखिए कुरा स्पष्ट देख्न सकिन्छ ।

अर्को कुरा अब मुख्य कामहरु अलपत्र परेको कुरा एमालेले देखेको छ, बोलेको कुराको परिणाम अब जनताले खोज्ने दिन नजिकिंदै छ भन्ने पनि एमालेले बुझेको छ | मुख्य कुरा भूकम्प पिडितहरुले अब बर्षा पनि लगभग छलेका छन् भूकम्प पिडित बनेर त्रिपालमा मुनि मानेको यसअघिको खल्लो दशैंलाई यसपाली रमाइलो बनाउन पाउने आश्वासन एमालेले बाडीसकेको हुँदा त्यो दिन पनि आउन लागेको छ | तर काम केहि भएको छैन | हुनसक्छ, यस्तो अवस्थाको चिन्ता माओवादीलाई थाहा छ-छैन तर यो कुरा जनताको प्यारो बन्दै गएको एमालेलाई पनि थाहा छैन | उसले जे बोल्यो, आफ्नो राजनीतिक स्वार्थपूर्तिको लागि बोल्यो अब गर्ने बेलामा नयाँ राजनीतिको खेल खेलेर माओवादीलाई धकेलिन बाध्य पार्यो | हैन भने एमालेले यो सरकारलाई जसरी हुन्छ टिकाएर एकोहोरो जनतासँग अझै प्यारो बन्ने काम गर्न सक्नुपर्थ्यो |

पहिले सत्तामा आउन एमाओवादीसँग जस्तोपनि सम्झौता गर्न तयार एमालेले अहिले आएर सरकारबाट जसरी हुन्छ एमाओवादीलाई हटाएर आफ्नो राजनीतिलाई जनतामाझ सकारात्मक मात्र देखाउन राजनीति गरेको छ भन्ने प्रमाणित कुरा छ | बैठकमा सत्ता साझेंदारसँग देखाउने ब्यबहार र सहमति भएको कुरा मान्दिन भन्नु त्यसैको उपज हो | एमालेले माओवादीलाई उत्तेजित गराएर सरकारबाट बाहिर पठाउन खेल खेल्नु अहिलेको परिस्थितिमा बिल्कुलै राम्रो थिएन । जसरी हुन्छ सरकारलाई टिकाएर बिध्यमान समस्यालाई निदान गर्नु उसको कर्तब्य थियो |

अब के हुन्छ ?

एमालेलाई लागेको छ अहिलेको सरकारले राम्रो काम गरेको छ, त्यही राम्रो काम गरेबापत समर्थन फिर्ता लिइएको हो | तर यो कुरा भनेर जनतालाई एमालेले लालीपप खुवाउँदै गर्दा उसले सत्तापक्षसँग गरेको सम्झौता पनि पुरा गर्न सक्नुपर्छ भन्ने कुरा बिर्सेको छ |

माओवादीले सरकार छाडेसँगै जनताकै प्यारो भनिएपनि तिनै राजनीतिक दल र नेताहरुसँग एमालेले खेल्नुपर्ने हुन्छ | प्रधानमन्त्री केपि ओलीले संसदको सामाना गर्ने निर्णय लिएर केहि दिन प्रक्रियालाई लामो र जटिल बनाउने छन् । यही क्रममा कांग्रेस र माओबादीले संसदमा बर्तमान सरकार बिरुद्ध अबिश्वासको प्रस्ताव लिएर जानेछन, जुन प्रस्तावमा मतदान हुनेछ र पास भए प्रधानमन्त्रीबाट केपि ओलीको सरकार ढल्नेछ । साथै दुईतिहाई मत ओली सरकार बिरुद्ध हुने पनि पक्का देखिदैन । एमालेलाई नै समर्थन गर्ने कसले ? एमाले बाहेक अरुले गर्ला ? किनकी कांग्रेस यसैपनि अहिलेको सरकार देखि रुष्ट छ, माओवादिले समर्थन फिर्ता लिनुको मतलव रुष्ट भएरै हो | राप्रपा नेपाल र बिजय कुमार गछ्यधार लगायतले एमालेको राजनीति राम्ररी थाहा छ |

बिडम्बनाको कुरा !

भूकम्प पिडित तथा बाढी पिडितलाई राहतको काम तत्काल गर्नुपर्ने, पुनर्निर्माणको काम तत्काल थालनी गर्नुपर्ने र बिकास/निर्माणको काम थाल्नु पर्नेमा अब फेरी सत्ताको खेलमा राजनीति हुनेछ | जसको प्रभावमा दु:खि जनताले राहतको अनुभूति गर्ने समय पनि पर धकिलिएको छ | अब सरकार ढालेको र राजनीतिक अस्थिरता निम्त्याएको आरोपको सामना माओवादीले नै खेप्नुपर्ने हुन्छ | यही बलमा एमालेले चुनावको माग गर्न सक्छ, जसमा एमालेले राम्रो नतिजा लिन सक्छ भने कांग्रेस, माओवादी सहित अन्य दल चुनावमा निकै निरिह बन्न सक्छन् | सरकार बनाउनको लागि माओवादीले कांग्रेसलाई सहयोग गर्ने पनि अवस्था छैन |

…. तर यही कारण कांग्रेस-माओवादीले नयाँ चुनाव स्वीकार गर्दैनन् वा समय लम्बिन्छ अनि अस्थिर राजनीति कायम रहन्छ | अरु के-के हुन्छ… नेपाली राजनीतिमा सर्पले काँचुली फेरेझैं फेरिईरहन्छन् तर जनता पिडितको पिडित !