धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

Posted on: 26 Jul, 2022

साउन १०, धादिङ | अबिरल वर्षापछि खसेको पहिरोले पुरिएर धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ४ मा एक जनाको ज्यान गएको छ। 

पहिरोले बेसारेस्थित  बेंसीघरका भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले पुरिएर बेपत्ता भएकी मृतक रानाको शव सुरक्षाकर्मीले निकालेका थिए। शव पोष्टमार्टनका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ।

राति सुतिरहेको अवस्थामा घरमाथि डाँडाबाट पहिरो खस्दा रानाको घर पुरिएको थियो। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!