समाज | धनुषा - DNS


प्रदेश नं २ : दुई हजार नमूना सङ्कलन

Posted on April 29, 2020 | views : 2693 | धनुषा - DNS

वैशाख १७, महोत्तरी | कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको  नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१ को स्वाब सङ्कलन गरिएपछि यो सङ्ख्या बढेको हो । शनिबारसम्म एक हजार २९० को स्वाब सङ्कलन गरिएको थियो । अहिले उदयपुरसँग सीमा

Read More

प्रदेश नं २ मा स्वाब सङ्कलनमा तीव्रता

Posted on April 27, 2020 | views : 3595 | धनुषा - DNS

वैशाख १५, जनकपुधाम | प्रदेश नं २मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ । सङ्घीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब सङ्कलनका लागि परिचालित छन् । शनिबारसम्ममा प्रदेशमा एक हजार २९० जना स्वाब सङ्कलन गरिएको छ भने आइतबार ३७

Read More

प्रदेश नं २ मा भारतबाट लुकीछिपी भित्रिए एक हजार

Posted on April 23, 2020 | views : 5034 | धनुषा - DNS

वैशाख ११, जनकपुरधाम | मुलुकमा लकडाउन भएपछि प्रदेश नं २ मा भारतबाट लुकिछिपी एक हजार १४० जना प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घ

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26944 | धनुषा - DNS

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 24006 | धनुषा - DNS

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

जमातीहरुलाई परीक्षणमा ल्याइँदै

Posted on April 21, 2020 | views : 1351 | धनुषा - DNS

वैशाख ९, धनुषा | जिल्लामा लुकेर बसेका हुन सक्ने जमातीहरुलाई कोरोना उपचार तथा क्वारेन्टाइनमा ल्याई सहयोग गर्न आग्रह गरिएको छ  जिल्ला प्रशासन कार्यालय धनुषाले मुस्लिम अगुवाहसँग समग्र शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सम्बन्धमा बैठक गरी सो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी को

Read More

सडकमा रूपैयाँ छर्ने महिलाको स्वाब नतिजा ‘नेगेटिभ’

Posted on April 19, 2020 | views : 1793 | धनुषा - DNS

वैशाख ७, धनुषा | जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो । प्रदेश प्रयोगशालाका निमित्त निर्देश

Read More

जनकपुरधाममा रुपयाँ छरेर फरार भएका नन्द-भाउजू पक्राउ

Posted on April 18, 2020 | views : 2494 | धनुषा - DNS

वैशाख ६, जनकपुरधाम । जनकपुरधाममा रुपयाँ छरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले रकम छरेर फरार दुवै महिलालाई जनकपुरधाम -७ स्थित निवासबाटै नियन्त्रणमा लिएको जा

Read More

दुई महिला सडकमा रूपैयाँ छरेर फरार

Posted on April 17, 2020 | views : 2785 | धनुषा - DNS

वैशाख ५, धनुषा | जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०/४५ वर्षका रहेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार आज १२:३० बजे सो ठ

Read More

प्रदेश २ : ३६३ को कोरोना परीक्षण १३२ को रिपोर्ट नेगेटिभ

Posted on April 12, 2020 | views : 3472 | धनुषा - DNS

चैत ३०, धनुषा । प्रदेश नं २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश नं २ मा यही चैत २१ गतेबाट शुरु गरिएको ल्याब परीक्षणमध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ को परीक्षण गरिएकामा ६

Read More

महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई रु ५० लाख, किसानको ब्याज सरकारले तिर्ने

Posted on April 10, 2020 | views : 1836 | धनुषा - DNS

चैत २८, जनकपुरधाम |  प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य स

Read More

प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

Posted on April 10, 2020 | views : 4114 | धनुषा - DNS

चैत २८, महोत्तरी | प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच  गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी

Read More

लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ

Posted on March 29, 2020 | views : 1247 | धनुषा - DNS

चैत १६, धनुषा | प्रहरी जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा शनिबार एक जनालाई पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22815 | धनुषा - DNS

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

जनकपुरमा चारजनाको शंकास्पद मृत्यु, तीन जना गम्भीर, २२ जना अस्पतालमा भर्ना

Posted on March 15, 2020 | views : 2500 | धनुषा - DNS

चैत २, धनुषा | जनकपुरमा चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उप-महानगरपालिका ७ जानकी चोकस्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको मृत्यु भएको हो ।    मृत्यु हुनेमा जनकपुरधाम उप-महानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथ

Read More

धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु

Posted on March 13, 2020 | views : 1552 | धनुषा - DNS

फागुन ३०, धनुषा । धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका पाँचको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति पाँच जनाको मृत्यु भएको हो  मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव

Read More

४० वर्षीय महिलामाथि सामूहिक बलात्कार

Posted on February 17, 2020 | views : 2168 | धनुषा - DNS

फागुन ५, जनकपुर | प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा ४० वर्षीय महिलामाथि ४ जना यूवक मिलेर सामूहिक बलात्कार गरेका छन् | जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बलात्कार गर्ने मध्ये २ जना पक्राउ परेका छन् | बलात्कारको आरोपमा पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नम्बर ७ का २५ नरेश महतो

Read More

आपत्तिजनक अवस्थामा गेस्ट हाउसबाट एक जोडी पक्राउ

Posted on January 21, 2020 | views : 3470 | धनुषा - DNS

माघ ७, जनकपुर | गेस्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडी पक्राउ परेका छन | धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित एक गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई पक्राउ गरेको हो | सोमबार सपहीको मेन रोडस्थित अमरज्योति लज एन्ड गेस्ट हाउसबाट ४ बजे एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31557 | धनुषा - DNS

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह

Posted on December 27, 2019 | views : 5550 | धनुषा - DNS

पुष ११, धनुषा | प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।  विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभा

Read More

सागका लागि ल्याइएको पटका पड्काउँदा घाइते बालकको मृत्यु

Posted on December 10, 2019 | views : 2538 | धनुषा - DNS

मंसिर २४, जनकपुर | १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जनकपुरमा भएको उद्घाटन समारोहमा आतिशबाजीका लागि ल्याइएको पटका पड्काउँदा घाइते भएका एक बालकको ज्यान गएको छ | उद्घाटन समारोहमा पड्किन नसकेको पटका १० वर्षीय बालक आलोक राउतले घरमा लगेका थिए | घरमा सोही पटका पड्काउने क्रममा उनी घाइत

Read More

बसको ठक्करबाट एक जनाको मृत्यु

Posted on November 15, 2019 | views : 2160 | धनुषा - DNS

कात्तिक २९, धनुषा । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना७ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज९प ५४६१ नंको मोटरसाइकललाई

Read More

प्रदेश नं २ मा आइतबार सार्वजनिक बिदा

Posted on November 09, 2019 | views : 5019 | धनुषा - DNS

कात्तिक २३, धनुषा । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा

Read More

प्रदेश २ मा आइतबार सार्वजनिक बिदा

Posted on November 08, 2019 | views : 2023 | धनुषा - DNS

कात्तिक २२, जनकपुरधाम | आइतबार प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ |  मुस्लिम समुदायको पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर  सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ | मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले आइतबार पैगम्बर

Read More

मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै

Posted on October 25, 2019 | views : 2119 | धनुषा - DNS

कात्तिक ८, जनकपुरधाम | मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक  मनाइँदै छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ । समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29650 | धनुषा - DNS

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

प्रदेश २ को राजमार्ग पार गर्न समय तोकियो, २२५ किमि सडक ५ घण्टामा सडक पार गर्नुपर्ने

Posted on September 22, 2019 | views : 5144 | धनुषा - DNS

असोज ५, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेश अन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइम कार्ड लागू गरेको हो ।  प्रदेश २ ट्राफिक प्रहरी कार्यालय,

Read More

मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू

Posted on September 21, 2019 | views : 1876 | धनुषा - DNS

हिमांशु चौधरी | असोज ४, जनकपुर | मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । पण्डित गणेश झाका अनुसार आज शनिबार सूर्योदय

Read More