२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जमातीहरुलाई परीक्षणमा ल्याइँदै

९ बैशाख २०७७, मंगलवार ०३:२२

वैशाख ९, धनुषा | जिल्लामा लुकेर बसेका हुन सक्ने जमातीहरुलाई कोरोना उपचार तथा क्वारेन्टाइनमा ल्याई सहयोग गर्न आग्रह गरिएको छ 

जिल्ला प्रशासन कार्यालय धनुषाले मुस्लिम अगुवाहसँग समग्र शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सम्बन्धमा बैठक गरी सो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले विभिन्न राजनीतिक दलका मुस्लिम प्रतिनिधि तथा मौलानाहरुलाई जमातीहरुलाई परीक्षणमा ल्याउन सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यालयका सुचना अधिकारी गणेशचन्द्र मिश्रका अनुसार बैठकले जिल्ला भित्र रहेका सम्पूर्ण मन्दिर, मस्जिद, गुम्बालगायतका धार्मिक संरचनामा नवआगन्तुक तथा अपरिचित व्यक्तिलाई वास नदिने तथा नयाँ व्यक्तिहरु आएमा सम्बन्धित संस्थाले तत्काल स्थानीय प्रशासनलाई खबर गर्ने र सामाजिक सञ्जालबाट कुनै पनि अफवाह नफैलाउन नहुने निर्णय गरेको छ ।

नेपालमा जमात समूहका मुस्लिमबाट कोरोनाको जोखिम बढेको भन्दै उनीहरुको तथ्याङ्क तत्काल सङ्कलन गर्न राष्ट्रिय मुस्लिम आयोगले पनि निर्देशन दिइसकेको छ ।

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्याङ्क मागेको हो । अध्यक्ष समीम मियाँ अन्सारीका अनुसार नेपालमा करीब १०० विदेशी धार्मिक जमात छन् । उनीहरु धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा रोकिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य