२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा रूपैयाँ छर्ने महिलाको स्वाब नतिजा ‘नेगेटिभ’

२०७७, ७ बैशाख आईतवार १२:१८

वैशाख ७, धनुषा | जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका अनुसार हिजो तीव्र प्रविधिबाट परीक्षण गर्दा एक महिलाको नतिजा ‘पोजेटिभ’ आएकामा आज ती महिलाको घाँटीको स्वाबलाई पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ । अर्की महिलाको भने हिजै परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनीहरु नाताले नन्द भाउजु हुन् । 

यही वैशाख ५ गते १२:३० बजे वडा नं ५ को महावीर चोकमा रूपैयाँ छरेर फरार भएको सूचनाका आधारमा सिसिटिभीको फुटेजका माध्यमले दुई महिलाको पहिचान गरी हिजो शनिबार प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाएको थियो । प्रहरीले रूपैयाँ छरेर फरार भएको आरोपमा धनुषा जिल्ला धनौजी गाउँपालिका–५ बहुअर्वाका ५० वर्षीया अमुना खातुन र उनका नन्द जनकपुरधाम उपमहागरपालिका–७ का ३५ वर्षीया अलिना खातुनलाई नियन्त्रणमा लिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्