१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ : ३६३ को कोरोना परीक्षण १३२ को रिपोर्ट नेगेटिभ

३० चैत्र २०७६, आईतवार ०५:२०

चैत ३०, धनुषा । प्रदेश नं २ मा शनिबारसम्म ३६३ कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाब परीक्षण गरिएको छ । तीमध्ये १३२ को रिपोर्ट नेगेटिभ आएको छ भने २३१ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेश नं २ मा यही चैत २१ गतेबाट शुरु गरिएको ल्याब परीक्षणमध्ये नारायणी अस्पताल वीरगञ्जमा ९७ को परीक्षण गरिएकामा ६० को रिपोर्ट नेगेटिभ आएको छ भने ३७ को रिपोर्ट आउन बाँकी छ । प्रादेशिक अस्पताल जनकपुरमा २४६ को परीक्षण गरिएकामा ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १९४ जनाको आउन बाँकी छ । त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ११ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भारतलगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी छ । प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा विभिन्न जिल्लामा निर्माण गरिएको तीन हजार २३७ श्यया क्षमताको १४६ क्वारेन्टाइनमा ७२ महिला र ९२१ पुरुष गरी जम्मा ९९३ शङ्कास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सचिव घिमिरेले प्रदेशभरिमा अहिले ५३ महिला र एक हजार २४१ पुरुष गरी जम्मा एक हजार २९४ व्यक्ति होम क्वारेन्टाइनमा छन् भने २१४ श्यया क्षमताको आइसोलेसनमा दुई महिला र १२ पुरुष गरी जम्मा १४ भर्ना रहेको बताउनुभयो । रौतहटमा ७०५ श्यया क्षमताको १६ क्वारेन्टाइनमा अहिले १७ महिला र २०१ पुरुष गरी जम्मा २४१ जनालाई र तीन महिला एवं ४१ पुरुष गरी ४४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० श्यया क्षमताको आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको बताइएको छ ।

त्यस्तै बारामा ४०४ श्यया क्षमताको १४ क्वारेन्टाइनमा अहिलेसम्म पाँच महिला र ६३ पुरुष गरी जम्मा ६८ लाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ आइसोलेसन कक्षमा अहिले कुनै शङ्कास्पद बिरामी नरहेको घिमिरेले जानकारी दिनुभयो । बारामा अहिले दुई महिला र ५५ पुरुष गरी ५७ होम क्वारेन्टाइनमा छन् ।

पर्सामा २८६ श्यया क्षमताको १४ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ १५ महिला र ७० पुरुष गरी ८५ जना क्वारेन्टाइनमा र दुई महिला र नौ पुरुष गरी ११ होम क्वारेन्टाइनमा छन् । पर्साका विभिन्न ठाउँमा रहेको ३० श्ययाको आइसोलेसनमा अहिले तीन शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ ।

सप्तरीमा ५८७ श्यया क्षमताको ३१ क्वारेन्टाइनमा अहिले सात महिला र २४७ पुरुष गरी जम्मा २५४ लाई निगरानीमा राखिएको छ भने सात महिला र १८८ पुरुष गरी १९५ होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ आइसोलेसन कक्षमा अहिले कुनै पनि बिरामी नरहेको बताइएको छ ।

सिरहामा २४६ श्यया क्षमताको १७ क्वारेन्टाइनमा अहिले १३ महिला र १२१ पुरुष गरी जम्मा १३४ र चार महिला एवं ७३ पुरुष गरी होम क्वारेन्टाइनमा ७७ रहेका छन् । त्यस जिल्लामा ४० श्ययाको आइसोलेसन रहेकामा त्यहाँ अहिले चार शङ्कास्पद पुरुष बिरामीलाई राखिएको छ ।

सचिव घिमिरेका अनुसार धनुषामा ३६२ श्यया क्षमताको १७ क्वारेन्टाइनमा अहिले छ महिला र ९३ पुरुष गरी ९९ जनालाई राखिएको छ । यस जिल्लामा अहिले १० महिला र ५२ पुरुष गरी ६२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रादेशिक अस्पताल जनकपुरमा १२ श्ययाको आइसोलेसन रहेकामा त्यहाँ दुई महिला र पाँच पुरुष गरी सात शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखिएको छ ।

त्यस्तै महोत्तरीमा ३२५ श्यया क्षमताको १७ क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म २० महिला र ७७८ पुरुष गरी जम्मा ७९८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा सात महिला र ६७ पुरुषलगायत ७४ जनालाई राखिएको छ । महोत्तरीमा २६ श्ययाको आइसोलेसन निर्माण गरिए पनि अहिले तिनमा कुनै पनि शङ्कास्पद बिरामी नआएको उहाँले जनाउनुभयो ।

 सचिव घिमिरेले सर्लाही जिल्लामा ३२१ श्यया क्षमताको २० क्वारेन्टाइनमा अहिले दुई महिला र ५९ पुरुष गरी ६१ रहेका बताउनुभयो । उहाँले पाँच महिला र ४५ पुरुष गरी ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको बताउनुभयो । त्यहाँ १५ आइसोलेसन कक्ष निर्माण गरिए पनि अहिले ती आइसोलेसनमा कुनै पनि शङ्कास्पद बिरामी आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु एमाले वीरगञ्ज महानगर अध्यक्षमा शर्मा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद दश शय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने