२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

२८ चैत्र २०७६, शुक्रबार ०२:३४

चैत २८, महोत्तरी | प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच  गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी रहेको जानकारी दिनुभयो ।

प्रदेश नं २ मा भारत र अन्य मुलुकबाट घर फर्केकालाई लक्षित गरी आठवटै जिल्लामा क्वारेन्टाइन सञ्चालन गरिएका छन् । अहिलेसम्म १४५ केन्द्रमा सञ्चालित क्वारेन्टाइनमा बेड (श्यया) तीन हजार २३६ रहेका सचिव घिमिरेले स्पष्ट पार्नुभयो । “हामीकहाँ १४५ केन्द्रमा तीन हजार २३६ क्वारेन्टाइन श्यया छन्, यी श्ययामा ९०० जना बस्दै आएका छन्” घिमिरेले भन्नुभयो, “त्यसैगरी आइसोलेसन श्यया क्षमता हामीसँग २०८ तयार छ, यिनमा २६ जना रहेका छन् ।”

प्रादेशिक अस्पताल जनकपुरधाममा स्वाब परीक्षण थालिएपछि क्रमशः जाँच गर्नेको सङ्ख्या बढ्दै जाने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र सञ्चालित सबै क्वारेन्टाइन केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण र स्वास्थ्य सुरक्षा प्रबन्ध बढाउँदै  लगिएको सचिव घिमिरेको भनाइ छ । 

भारतको बिहार प्रदेशसँग सीमा जोडिएका प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती क्षेत्रमा मुलुक भित्रिनेको कडा निगरानी हुँदै आएको मन्त्रालयले जनाएको छ । यसरी भित्रिएकाहरु प्रारम्भिक स्वास्थ्य जाँचपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका र सम्पर्कमा नआएकाहरुको सोधखोज गरिने क्रम सघन बनाइएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट