Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २८ गते, दिउँसो २:०७ बजे
काठमाडौँ - KTM

मलेसियामा थप दुई साता लकडाउन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २८ काठमाण्डौ | मलेसियाले लकडाउनको समय थप दुई साता बढाउने निर्णय गरेको छ । मलेसियाले जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेको हो । 

मलेसियाले यसअघि जुन १४ सम्मको लागि लकडाउनको समय तोकेको थियो । लकडाउनको समय थप भएसंगै जुन १४ देखि थप दुई साता मलेसियामा लकडाउन हुँदैछ । शुक्रबार मलेसियाका सिनियर मन्त्री दातुक सेरी स्मैल साबरी याकोबले  कोरोना सङ्क्रमण दर नघटेको भन्दै अहिले कायम रहेको लकडाउन थप दुई हप्ता लम्ब्याउने घोषणा गरेका हुन् । 

पछिल्लो समय मलेसियामा दैनिक पाँच हजारभन्दा धेरै सङ्क्रमित थपिइरहेका छन् । बिहीबार मात्रै पनि मलेसियामा ६ हजार ८७१ जनामा कोरोना संक्रमित थपिएका छन् ।