२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा श्रमशक्तिको अभाव भएपछि स्थायी आप्रवासन गर्ने पाउने विदेशीको कोटा बढ्यो

२१ भाद्र २०७९, मंगलवार ०८:०७

भदौ २०, काठमाडौँ | अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ।

चालु आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५,००० ले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ।

कोभिड महामारी र सीमासम्बन्धी अस्ट्रेलियाको कडा नीतिका कारण धेरै क्षेत्रमा कर्मचारीको अभाव बढेको छ।


अस्ट्रेलियामा चीन, भारत र ब्रिटेनजस्ता देशबाट धेरै आप्रवासन हुन्छ। सरकारले तिनै देशबाट कामदारको आपूर्ति गर्न आवश्यक रहेको बताएको छ।

अस्ट्रेलियामा नेपालीको सङ्ख्या पनि उल्लेख्य छ।

लाखौँ पद रिक्त

अहिले देशभरि विभिन्न किसिमका जागिरका लागि चार लाख ८० हजार पदहरू रिक्त छन्।

अस्ट्रेलियामा बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम हुँदा रोजगारदाताहरू कामदारको अभावका कारण उत्पन्न खाडल पुर्न सङ्घर्ष गरिरहेका छन्।

पर्यटन तथा आतिथ्य, स्वास्थ्य सेवा, कृषि र सीपयुक्त दक्ष कामदार चाहिने उद्योगहरू बढी प्रभावित भएका छन्।

क्यान्बरामा गत साता भएको राष्ट्रिय रोजगार सम्मेलनका क्रममा कामदारको अभावले विमानस्थलहरू अस्तव्यस्त बनेका, फलफूल बोटमै कुहिन थालेको र अस्पतालहरूमा ठूलो दबाव उत्पन्न भएको बताइएको थियो।

"हामी जहिले पनि अस्ट्रेलियाली नागरिकले पहिले काम पाऊन् भन्नेमा केन्द्रित हुन्छौँ… तर कोभिडको प्रभाव यति गम्भीर छ कि अन्य सबै सम्भावना सकिँदा पनि हामीलाई अझै हजारौँ कामदारको अभाव हुनेछ – कम्तीमा सानो अवधिका लागि भए पनि," गृहमन्त्री क्लेर ओ'नीलले भनिन्।

सन् २०१० को मध्यमा अस्ट्रेलियामा स्थायी आप्रवासन प्रतिवर्ष लगभग एक लाख ९० हजार पुगेको थियो।

त्यो सन् २०१७ ताका घट्यो। किनभने त्यस बेला आप्रवासन राजनीतिक विवादको विषय बन्न पुगेको थियो।

तर व्यापारी, युनियनमा संलग्न व्यक्तिहरू तथा प्रतिपक्षी दलका नेताहरूले थप आप्रवासी आवश्यक पर्नेमा जोड दिएका थिए।

उनका अनुसार अहिले अस्ट्रेलिया प्रतिभाको खोजी गर्ने लडाइँमा भएको देखिने प्रणालीबाट बाहिर निस्किरहेको छ।

अहिले स्वास्थ्यकर्मीका लागि सङ्ख्या ४,७०० र अरू क्षेत्रका लागि ९,००० बढाइएको छ।

त्यस्तै सरकारले लामो समयदेखि बाँकी रहेको भिसा आवेदनको अन्तिम निर्णय दिने काममा सहयोग गर्ने कर्मचारीका लागि थप ३.६० करोड डलर दिने वाचा गरेको छ।

महामारीको समयमा बसाइँसराइ कम भएको भए पनि सन् २०१६ यता १० लाखभन्दा बढीबब मानिस अस्ट्रेलियामा बस्न गएका छन्।

अस्ट्रेलियामा विदेशी मूलका मानिसको सङ्ख्या बढ्दै

सन् २०२१ मा गरिएको जनगणनाअनुसार अस्ट्रेलियाको जनसङ्ख्या दुई करोड ५५ लाख पुगेको छ।

पहिलो पटक अस्ट्रेलियामा आधाभन्दा बढी जनसङ्ख्या विदेशमा जन्मिएका वा आमाबाबु विदेशमा जन्मिएका व्यक्तिको भएको ‍खुलेको छ।

त्यो सन् २०१६ को तुलनामा २१ लाख बढी हो। त्यहाँको जनसङ्ख्याको औसत आयमा केही वृद्धि भएको छ।

आधुनिक अस्ट्रेलियालाई आप्रवासीहरूले बनाएको देश भनेर चिनिन्छ।

गत वर्ष गरिएको जनगणनाले देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी मानिस विदेशी मूलका भएको देखाउँछ।

महामारीका बेलामा अस्ट्रेलियामा आउने आप्रवासीहरूको सङ्ख्या घट्यो। तर सन् २०१६ यता मात्र अस्ट्रेलियामा १० लाख मानिसहरू बसाइँ सरेका थिए। त्यसमध्ये एकचौथाइ मानिस भारतका हुन्।

अहिले अस्ट्रेलियामा पाँचमध्ये एक व्यक्तिले घरमा अङ्ग्रेजीबाहेक अर्को भाषा बोल्ने गर्छन्।

अरू तथ्याङ्क

गत वर्षको जनगणनामा आफूलाई आदिवासी समुदायको बताउने मानिसको सङ्ख्या अघिल्लो गणनाको भन्दा बढी देखिएको छ। अहिले आदिवासी मूलका मानिसको सङ्ख्या आठ लाखभन्दा बढी अर्थात् कुल जनसङ्ख्याको ३.२ प्रतिशत जति छ।

अस्ट्रेलियाको तथ्याङ्क विभागका अनुसार इसाई धर्म मान्ने मानिसको सङ्ख्या अहिले ४४ प्रतिशत जति छ। पाँच दशकअघि कुल जनसङ्ख्याको ९० प्रतिशतले उक्त धर्म मान्थ्यो।

हिन्दू र इस्लाम धर्मका अनुयायीको सङ्ख्या तीव्र गतिमा बढिरहेको देखिन्छ। तर तिनको कुल सङ्ख्या तीन-तीन प्रतिशत मात्र छ। बरु कुनै धर्म नमान्ने मानिसको सङ्ख्या ९ प्रतिशतले बढेर ३९ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य