पढ्न करिब 2 मिनेट लाग्छ
कमल रावल | चैत २७, अछाम | अछाम जिल्लामा सुरु हुने राष्ट्रिय आर्थिक गणनाबारे जिल्लाका सरोकारवालालाई जानकारी गराईएको छ । देशभरि झै बैशाख १ गतेबाट अछाममा पनी राष्ट्रिय आर्थिक गणना सुरुहुने पनी सबैलाई जानकारी गराईएको हो । चैत देखी असार मसान्त सम्म ४ महीना जिल्लामा मंगलसेन र साफेबगरमा कार्यालय स्थापना गरि कामको थालनी हुने भएको हो ।


केन्द्र, जिल्ला, स्थानिय तहसम्म सबैसँगको सहकार्य समन्वयलाई दरिलो बनाउदै जानु पर्नेमा उहाँको जोड दिनु भएको थियो । कार्यक्रममा अध्यक्ष निमित्त प्रमुख जिल्ला अधिकारी तुला बहादुर काउचाले यो गणनाले ऐन कानुन निर्माण गर्न र विभिन्न अध्ययन सपल पार्न टेवा पुग्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । सहभागि सबैलाई कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्दै जिल्ला आर्थिक गणना कार्यालयका अधिकृत अनील चौधरीले कसैलाई करको दायरमा ल्याउनका लागि नभई राष्ट्रको निती निर्माण तय गर्नका लागी भएको बताउनु भयो । सबैको सँकलन गोप्य रहने भएकाले ठुलो बजार क्षेत्र, अस्पताल, औद्योगिक क्षेत्र, होटल तथा ब्यापार ब्याबसाय बाट आर्थिक गणना गरिने भएकाले सबैलाई सहयोग गरिदन उहाँले आग्रह गर्नु भयो ।
छलफलमा अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपाने, गैसस महासघ अछामका अध्यक्ष खड्क खडका, अछाम क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, वाणिज्य महासँघ केन्द्रिय सदस्य देवराज उपाध्याय, व्यापारिको तर्फबाट नर बहादुर रावल, जेसिज अछाम बर्ष २०१८ का अध्यक्ष खेमराज ढुगाना लगाएत सरोकारावालाको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन दिपकराज पाण्डेले गर्नु भएको थियो ।









