असार २२ काठमाण्डौ | सन्राइज बैंकले आफ्नो ग्राहकवर्गलाई उच्च सेवा प्रदान गर्ने तथा विद्युतीय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा भिसासंग सहकार्य गर्दै भेरीफाइड वाई भिषा (भिबिभी) सेवा संचालनमा ल्याएको छ ।

भेरीफाइड वाई भिषा (भिबिभी) सेवा मार्फत भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने भएको छ ।

यस सेवामार्फत ग्राहकवर्गले सन्राइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी गर्दा बैंकमा दर्ता गरिएको मोवाइल तथा ईमेलमा पासवर्ड प्राप्त गर्नेछन् र सोहि पासवर्ड मार्फत मात्र कारोवार गर्न सकिने छ |

यसो गर्दा कारोवार गर्ने व्यक्ति वैध हो या होइन भन्ने पुष्टि हुनेछ ।

सन्राइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा भेरीफाइड वाई भिषा (भिबिभी) सेवा संचालनका लागि ग्राहकवर्गले नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुपर्नेछ | यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क नलाग्ने पनि बैकले जनाएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले यस बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।