2026-09-22 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साबा च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको जित

असोज १२, काठमाडौं | माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा मंगलबार राति साविक विजेता श्रीलंकालाई ५५-४९ ले  पराजित गरेको छ । 

पहिलो खेलमा नेपाल घरेलु टिमसँग ५१–४७ को नतिजामा पराजित भएको थियो । सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालसँग भोगेको पराजयको बदला लिन माल्दिभ्स सफल भएको थियो ।

उपाधि होडमा कायम रहन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब थियो । नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स मात्रै सहभागी भएकाले लिग पद्धतिमा जारी प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टिम च्याम्पियन हुनेछ ।

पहिलो खेलमा पराजित भएसँगै नेपाललाई उपाधिका लागि सबै खेल जित्नु पर्ने दबाब छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो