कार्तिक १४, काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

मंगलबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।