2026-10-16 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको कलिङ भिसा भएकालाई अन्तिम स्वीकृति दिन सुरु, संस्थागततर्फको रोक कायमै

माघ ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावास आफैंले राहदानी लिई श्रमिकलाई सोझैं भिसा उपलब्ध गराइएमा श्रमस्वीकृति दिने निर्णय गरेको छ। मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको जनाएको छ।

विभागले काठमाडौंस्थित मलेसियन दूतावास र श्रम मन्त्रालयको पत्रअनुरुप श्रम स्वीकृति प्रदान गरिएको जनाएको छ ।  दूतावासबाट सोझै‌ भिसा पाएकालाई श्रमस्वीकृति दिन कम्पनीले विभागमा निवेदन दिएको थियो श्रम कार्यालयका ताहाचलका प्रमुख सुरेश जोशीले साझा सबाललाई भने “सोहि अनुरुप श्रम मन्त्रालयले सहमति दिएको पत्र आएपछि व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति प्रदान गरिएको हो।”  उनले हालसम्म २० जनाको लागि श्रम स्वीकृति प्रदान गरिसकेको बताए।  श्रोतका अनुसार श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन् । 

नयाँ श्रम स्वीकृति लिएका भिक्की विकेलगायतका कामदारले सरकारले खारेज गरेका संयन्त्र भीएलएनमार्फत नै भिसा प्रक्रिया गरेका बताइएको छ। श्रोतकाअनुसार ओएसीमार्फत प्राप्त भएका पासपोर्टहरु भिएलएन नेपालले मलेसिया सरकारले तोकेको भिसा शुल्क सात हजार चार सय ८० रुपैयाँ (भ्याटसहित) लिएपछि उसले भिसा स्ट्म्पिङका लागि ती राहदानीहरु नेपालस्थित मलेसियाली दुतावासमा पठाएको थियो । 

भीएलएनमार्फत प्रक्रिया गरेका कामदारले व्यक्तिगत श्रम स्वीकृति पाएपछि म्यानपावर व्यवसायीले विरोध शुरु गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले आँफैले कारवाही गरेको, जिल्ला अदालतमा रिट दायर गरेको संस्थामार्फत आएको भिषालाई श्रम स्वीकृति दिने तर म्यानपावर मार्फत जाँदा चै मिल्दैन भन्ने कुरा गर्नु जायज नभएको बताए।  

भीएलएनमार्फत नै भिसा प्रक्रिया पुरा गर्न नहुने अडानमा रहेको सरकारले एकाएक व्यक्तिगत श्रम स्वीकृति लिएर जान पाउने तर संस्थागततर्फ जान नपाउने भनेर के गर्न खोजेको हो भन्ने बुझ्न नसकिएको उनले बताए । व्यवसायीहरुको आज बैठक बसेर भोलि नै सबै कलिङ भिसा आएका कामदारको पासपोर्ट अन्तिम स्वीकृतिका लागि श्रम कार्यालयमा पेश तयारीमा रहेको उनले बताए। 

गत कात्तिक १२ गते दुई देश विच श्रम समझदारी पश्च्यात कलिङ भिषा आइसकेका कामदारलाई तत्काल मलेसिया पठाउने सहमति भएको थियो । तर, श्रममन्त्री गोकर्ण बिष्टले कामदार ठगी गर्ने बिचौलिया संयन्त्रका रुपमा रहेको भीएलएनमार्फत कलिङ भिसा आएकालाई पनि अन्तिम श्रम स्वीकति नदिने अडान लिएका थिए ।

हाल यस्ता कलिङ भसा प्राप्त गरेका करिव १० हजार भन्दा बढी कामदार अन्तिम श्रम स्वीकृतिको प्रतिक्षामा रहेको व्यवसायी संघले बताउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु