<p><b>मंसिर ३, काठमाडौँ | </b>बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन ९५ हजार २ सयमा कारोबार भएको थियो |<br></p><p>आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | यो मूल्य मंगलबारको तुलनामा १० रुपैयाँले बढी हो |</p><p>अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ |</p>
