Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री निवास नजिकै बम भेटिनु ‘गुप्तचरी संयन्त्रको असफलता’,सुरक्षा व्यवस्थामाथि नै प्रश्न

२०७६, २ माघ बिहीबार ०९:३५

माघ २, काठमाडौँ | बुधबार बेलुकी काठमाडौँको बालुवाटार प्रधानमन्त्री निवास नजिकै बम फेला परेपछि नेपाली सेनाको टोलीले निष्कृय गरेको थियो | त्यस्तै राति काठमाडौँकै नागार्जुन नगरपालिकास्थित शोभाकान्त ढकालको घरको गेटैमा राखिएको बम विस्फोट हुँदा गेट ध्वस्त भएको प्रहरीले जनाएको छ |


ढकाल ललिता निवास प्रकरणमा नाम मुछिएका व्यक्ति रहेको अधिकारीहरूले बताएका छन् |  कडा सुरक्षा निगरानी हुने प्रधानमन्त्री निवास नजिकै बम फेला पर्नुलाई विज्ञहरूले 'गुप्तचर र सुरक्षा संयन्त्रको असफलता'का रूपमा व्यख्या गरेका छन् भने नेपालको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ | दुवै घटना  ललिता निवासको जग्गा हिनामिना प्रकरणसँग जोडिएको अधिकारीहरूले बताएका छन | सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घटनाहरूको जिम्मा लिएको बताइएको छ |

बालुवाटारस्थित ललिता निवासको जग्गालाई आफ्नो कब्जामा लिएको भन्दै उसले त्यस जग्गामा एउटा बोर्ड राखेको तथा पर्चाहरू छरेको खबरहरू आएका छन् | विप्लव समुहले  यसै साता मात्र राजधानी आसपासका विभिन्न क्षेत्रमा रहेका निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलका टावरहरूमा पनि त्यस्तै खाले विस्फोटन र आगजनी गरेको दाबि समेत गरेको थियो | एनसेलले उक्त समूहले पत्र नै लेखेर धम्की दिएको जनाउँदै आफ्ना कर्मचारी र टावरको सुरक्षा गरिदिन माग समेत गरेको हो |

राजधानी भित्र भएका विस्फोटन र एनसेलका टावरमा भएको हमलाबारे सुरक्षा निकायलाई पूर्व जानकारी नहुनुलाई विज्ञहरूले "गुप्तचरी र सूचना आदानप्रदान हुनुपर्ने निकायको कमजोरी"भएको बताएका छन् |

एक पूर्व गृह सचिव सूर्य सिलवालको भनाई यस्तो छ , "यो कुरामा सम्बन्धित निकायबाट सावधानी अपनाउनु पर्ने कुरा पुगेन जस्तो छ | गुप्तचरी संयन्त्रबाट र सूचना सङ्कलन हुनुपर्ने निकायबाट केही भएको देखिएन।"

उनले भने प्रधानमन्त्री निवास नजिकै बम राख्न सकिने अवस्था आउनु भनेको निकै संवेदनशील कुरा हो | 'विप्लव समुहले चुनौती दिएको जस्तो देखिएको छ' र आफ्नो उपस्थिति देखाउन उक्त कार्य गरेको हुनसक्ने' सिवालको तर्क छ |

यो समस्या सुरक्षाको मात्र नभइ राजनीतिक भएकाले त्यसलाई वार्तामार्फत समाधान गर्नुपर्ने उनको दाबि छ | नेपाल प्रहरीका अवकासप्राप्त प्रहरी नायब महानिरिक्षक हेमन्त मल्लले चाहिँ सरकारले सूचना प्राप्त गर्ने आधारहरू तयार नगर्दा र सूचनाका लागि लगानी नगर्दा यस्ता घटनाहरू भएको बताए |

उनी अहिले विप्लव समूहले नागरिकहरूलाई निराश बनाउने कुराहरूप्रति लक्षित आक्रमण गरेर जनमत हासिल गर्न खोजेको जस्तो देखिएको विश्लेषण गर्छन् | "एनसेलमा करको विवाद छ अनि ललिता निवासमा जग्गाको, यस्ता विषयप्रति नागरिकहरू असन्तुष्ट देखिन्छन्। उनीहरूले त्यस्तै कुरामा हमला गरेर आफ्नो पक्षमा जनमत लिन खोजेको देखिन्छ।" उनले प्रधानमन्त्री निवास छेउमा मानिसहरू समेत ठूलो सङ्ख्यामा भेला हुन नपाउने अवस्थामा बम नै राखिनु सुरक्षाका हिसाबले निकै ठूलो चुनौती भएको बताए। त्यसलाई "गुप्तचरी संयन्त्रको असफलता"का रूपमा लिनुपर्ने उनको भनाइ छ | नेपालमा गुप्तचरी सूचना सङ्कलनमा रकम खर्चने चलन नरहेकाले पनि यस्ता चुनौती सामना गर्न समस्या पर्ने गरेको उनले बताए |

"सरकारले समयमै ध्यान दिएन भने सुरक्षा संवेदनशीलता बढ्ने मात्र होइन। केही सुरक्षा कारबाही गर्नुपर्दा पनि असहज स्थिति पैदा हुनसक्छ," उनले भने।-बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ