९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा १ सय २४ जना नेपालीलाई कमिसनको खेलले बर्बाद बनायो

२१ माघ २०७३, शुक्रबार ०२:३८

माघ २१, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को हिमाया सेक्युरिटी सर्भिस कम्पनीमा पुगेका एक सय २४ नेपाली रोजगारी पाउनुको सट्टा स्वदेश फिर्नुपर्ने भएपछि तनावमा छन् । कम्पनीले तीनवर्षे सम्झौता पत्रमा हस्ताक्षर गरी आवासीय भिसामा लगेको भएपनि उनीहरूले मापदण्ड तालिम पूरा गरको नौ महिनासम्म पनि काम पाएका छैनन् ।

सम्झौता अनुसार यूएई पुगेको तीन महिनाभित्र उनीहरूलाई काम लगाइसक्नुपर्ने हो । कम्पनीले कार्यस्थलमा पठाउनुको सट्टा नेपालै पठाउने तयारी गरपछि उनीहरूले समस्या सार्वजनिक गरका हुन् । ‘हाम्रो आर्थिक शोषणको कुरा छोडौं, मानसिक र शारीरिक रूपमा पाएको यातनाको क्षतिपूर्ति कसले दिन्छ ?’ एक पीडितले भने । यूएईको कानुनअनुसार उनीहरूले श्रम अदालतमा क्षतिपूर्ति दाबी गर्दै उजुरी गर्न पाउँछन्। ‘म्यानपावर कम्पनीले नै थुमथुम्याइरहेकाले के गर्ने भनेर हामी अन्योलमा छौं,’ उनले भने । हिमाया व्यवस्थापनले नेपाली श्रम काउन्सिलर भेषबहादुर कार्कीलाई कम्पनीले नयाँ काम नपाएकाले काम दिन नसकेको जानकारी गराएको छ । जानकारहरू भने यसमा कमिसनसँग जोडिएको

बताउँछन्। ‘हिमायाले आबुधाबी प्रहरी, अबसेर, अलवादा, इर्सद जस्ता प्रतिष्ठित र सरकारी निकायलाई सुरक्षागार्ड आपूर्ति गर्छ । यी कामदारलाई पठाउन गाह्रो छैन,’ हिमाया व्यवस्थापन नजिक स्रोतले भन्यो, ‘हिमायाको व्यवस्थापन परिवर्तन भएकाले यो समस्या आएको हो । यी सुरक्षागार्ड पहिलेको व्यवस्थापनले ल्याएको हो, नयाँ आएकाले कमिसन नपाएपछि काममा नलगाएका हुन् ।’ यी सुरक्षा गार्डलाई फिर्ता पठाएर कमिसन पाउने गरी नयाँ कामदार आपूर्ति गर्न खोजिएको पनि स्रोतले बतायो ।

हिमायाले कामदार आपूर्ति गर्न यूएईस्थित ग्लोबल ट्यालेन्ट रिक्रुटमेन्ट र अमला रिक्रुटमेन्ट सर्भिसलाई जिम्मा दिँदै आएको थियो । ग्लोबल र अमलाले नेपालका म्यानपावर कम्पनीलाई मागपत्र उपलब्ध गराउँछन् । यी दुई म्यानपावरलाई एउटा भिसाबापत ६ देखि १० हजार दिनर (तीन लाख रुपयाँ ) सम्म नेपालका म्यानपावरले तिर्ने गर्छन् । ‘हिमायाको उच्च व्यवस्थापनले कामदार आपूर्ति गर्दा लाग्ने सेवा शुल्क र भिसा उपलब्ध गराएबापतको सेवा शुल्क लिन्छ,’ करोबारमा संलग्न एक एजेन्टले भने, ‘यो ठूलो कारोबारको खेल हो।’होम कार्कीले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा