रिलिजको १५ औं दिनः बक्स अफिसमा 'पठान' ५०० करोड भारु नजिक

Posted on: 09 Feb, 2023

माघ २६, काठमाडौँ | शाहरुख खान स्टारर 'पठान' बलिउडका सबै रेकर्ड तोड्ने क्रम छ।

भारतीय बक्स अफिसमा ऐतिहासिक कमाइ गर्न लम्किरहेको फिल्म ‘पठान’ ले देश र विश्वको बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

सन् २०२३ यता २९ दिनदेखि हलमा धमाधम चलिरहेका दक्षिण भारतीय फिल्मलाई पठानले निकै पछाडि पारिसकेको छ।

हिजो बुधबार फिल्म रिलिजको दोस्रो सातामा पनि पठानको बक्स अफिस उत्तिकै राम्रो छ।  

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म ‘पठान’ले दर्शकको निकै माया पाइरहेको छ । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा हरेक दिन कुनै न कुनै कीर्तिमान दर्ता गरिरहेको छ ।

चार वर्षपछि ‘पठान’ मार्फत ठूलो पर्दामा फर्किएका खान र उनको कमब्याक शानदार देखिएको छ।

फिल्मले रिलिजको पहिलो दिनमै ५५ करोडको रेकर्ड तोडेको थियो । त्यसयता ‘पठान’को कमाउने प्रक्रिया चलिरहेको छ ।

‘पठान’को १५ औं दिनको कमाइको प्रारम्भिक तथ्यांक पनि आएको छ । ‘पठान’ले रिलिजको १५ औं दिनमा ६.७० करोड कमाएको छ ।

यद्यपि यो १४ औं दिनको संकलनभन्दा कम हो । फिल्मले १४ औं दिनमा ७.८० करोड कमाएको थियो ।

योसँगै शाहरुख खान स्टारर फिल्मको कुल कमाइ ४५३ करोड भारु पुगेको छ ।

‘पठान’ले पनि ४५० करोड कलेक्शनको आँकडा पार गरेको छ । योसँगै ‘पठान’ले तेस्रो सप्ताहन्तमा पनि राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!