चलिरहेको टेबुल फ्यान शरीरमा खस्दा कञ्चनपुरमा एक जनाको मृत्यु

Posted on: 25 Jun, 2024

असार ११, काठमाडौँ । कञ्चनपुरमा चलिरहेको टेबुल फ्यान (पंखा) शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!