कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद

Posted on: 10 Aug, 2024

साउन २६, कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सुर्ती र बिडी बरामद गरिएको छ।

बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६९ हजार ४ सय मूल्य बराबरको चिनी, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!