आगलागी पिडितलाई राहत वितरण

Posted on: 17 May, 2024

जेठ ४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडित जयदेब ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ ।

सशस्त्र प्रहरीको  ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेका विभिन्न राहतका सामान नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गरेका हुन् ।

पिडितहरुलाई दैनिक प्रयोग हुने भाडावर्तन, कपडा आदि वितरण गरिएको छ । विभिन्न विपद्मा परी घरवार बिहिन भएका नागरिकहरुलाई तत्काल अस्थायी बसोवास र दैनिक उपभोग्य सामानसहितको २८ वटा डिजास्टर रिलिफ सिष्टम कन्टेनर सशस्त्र प्रहरी बलका १३ जिल्लाका १५ वटा युनिटहरुमा रहेका  छन् ।

यसअघि जाजरकोट र पश्चिम रुकुमको भुकम्पबाट प्रभावित भएका नागरिकलाई समेत ५ वटा डिजास्टर रिलिफ सिष्टम मार्फत सहयोग उपलब्ध गराईएको थियो ।  

गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिण्डर लिक भई अचानक आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, नगद, जिन्सी सामान लगायत पशुचौपाया जली नष्ट भएको बताईएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!