जीबी राई मलेसियामा रहेको ‘लोकेट’, रेड नोटिस जारी गरेर नेपाल ल्याउने तयारी

Posted on: 20 Feb, 2024

फागुन ८, काठमाडौं | प्रहरीको अन्तराष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको ‘लोकेट’ भएको छ ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरण पछि फरार रहेका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई भागेर मलेसिया पुगेको प्रहरी निष्कर्ष छ ।

इन्टरपोल मलेसियाले जीबी राई मलेसियामै रहेको सूचना एनसीबी काठमाडौंलाई दिएको हो ।  यद्यपी पक्राउ गरेर नेपाल ल्याउन भने डिफ्र्युजन नोटिस प्रभावकारी नहुने भएकाले डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्ने तयारी प्रहरीले गरेको छ ।


उच्च प्रहरी स्रोतका अनुसार जीबी राईले मलेसियामै अपार्टमेन्ट खरिद गरेर बसेको सूचना प्राप्त भएको छ ।

“जीबी मलेसियामा रहेको लोकेट भइसकेको छ । हामीले मलेसियामा रहेका नेपालीसहित त्यहाँका प्रहरीसँगसमेत समन्वय गरिसकेका छौँ । उनले अपार्टमेन्ट नै किनेर बसेको खुलेको छ । अब डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट हुनासाथ पक्राउ गरेर नेपाल ल्याउँछौं,” उच्च प्रहरी स्रोतले भन्यो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!