समाज | कास्की - KSK


पोखरामा पहिरोले खोला थुनिँदा सुइँखेतको बस्ती नै डुबानमा

Posted on June 25, 2022 | views : 66 | कास्की - KSK

असार ११, पोखरा | अविरल वर्षासँगै कास्कीकाे विभिन्नठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ ।  शुक्रबार बेलुकादेखि परेको अविरल वर्षापछि गएको पहिरोले खोला थुनिँदा सुइँखेत डुबानमा परेको हो । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । डुबानमा परेका करिब १५० परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा

Read More

१८ वर्षकी किशोरीमाथि यौन हिंसा प्रयास, फर्निचर सञ्चालक पक्राउ

Posted on June 24, 2022 | views : 181 | कास्की - KSK

असार ७, पोखरा | ९ महिनाअघि एक किशोरीलाई यौन हिंसा गरेको आरोपमा पोखराबाट १ जना पक्राउ परेका छन् । १८ वर्षकी किशोरीलाई करणी प्रयास गरेको आरोपमा पोखरा न्युरोड स्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल पक्राउ परेका हुन् । मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त

Read More

कास्कीमा बिहानै भूकम्प

Posted on June 23, 2022 | views : 106 | कास्की - KSK

असार ९, काठमाडौं | कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ः ५६ बजे धम्पुसलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले

Read More

पोखरा महानगरले ४० वर्षमाथिका सबैलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिदिने, कोत्रे-विरौटा वाइपास रोड बना

Posted on June 22, 2022 | views : 105 | कास्की - KSK

असार ८, पोखरा | पोखराको प्रतिव्यक्ति आय एक हजार ६०५ अमेरिकी डलर छ । यहाँका २८ हजार २१५ व्यावसायिक इकाइबाट एक लाख ४ हजार ४६९ जनाले रोजगारी पाएको तथ्यांक निकालिएको छ । आर्थिक गतिविधिमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत छ भने ३१ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । पोखरामा बर्सेनि ५ प

Read More

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु

Posted on June 18, 2022 | views : 150 | कास्की - KSK

असार ४, पोखरा | स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो ।  उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उन

Read More

कसरी गर्दै छ गण्डकी सरकारले आन्तरिक आम्दानी ?

Posted on June 17, 2022 | views : 163 | कास्की - KSK

असार ३, पोखरा | सामान्यतः प्रशासनिक खर्च आफ्नै आम्दानीबाट चलाउनुपर्ने सबै सरकारलाई बाध्यकारी छ । तर, अहिलेसम्म पनि प्रदेश र स्थानीय सरकार प्रशासनिक खर्चमा समेत आत्मनिर्भर हुन सकेका छैनन् । यहाँ कार्यरत कर्मचारीको तलबसमेत संघ सरकारको अनुदानमा निर्भर हुनुपरेको छ । आगामी वर्षका लागि १३ अर्ब २६ करोड चाल

Read More

स्थानीयले बन्द गरे पूर्व गृहमन्त्री खगराज अधिकारीको घर जाने बाटो

Posted on June 13, 2022 | views : 223 | कास्की - KSK

जेठ ३०, पोखरा | लेखनाथस्थित पचभैया क्षेत्रका नागरिकहरुले सडक स्तरोन्नतिमा सरकारले उदासीनता देखाएको भन्दै सांकेतिक रुपमा बाटो नै बन्द गरिदिएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद खगराज अधिकारीको घर जाने बाटोसमेत रहेको बेगनास भोर्लेटार सडकमा सांकेतिक विरोध स्वरुप बन्द गरिदिएका हुन् । उ

Read More

आगामी जनवरीदेखि पाेखरामा नदेखिन सक्छन् प्यारग्लाइडिङ

Posted on June 12, 2022 | views : 211 | कास्की - KSK

जेठ २९, पोखरा | निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेलकुद गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेकाे छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँब

Read More

पहिरोका कारण आज यी तीन सडकखण्ड छन् अवरुद्ध

Posted on June 10, 2022 | views : 248 | कास्की - KSK

जेठ २७, काठमाडौँ | पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् ।  तनँहुको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ ।  सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा

Read More

यातायात कार्यालय गण्डकीले भन्योः हामीसँग क्षमता छैन, अहिले इम्बोस्ड जडान गर्न नआउनू

Posted on June 07, 2022 | views : 167 | कास्की - KSK

जेठ २४, पोखरा | यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । मंगलबार एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो । पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप

Read More

गण्डकी सरकारले सुरु गर्‍याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई नि:शुल्क बिमा

Posted on June 07, 2022 | views : 154 | कास्की - KSK

जेठ २४, पोखरा | गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो । योसँगै मिर्गौला

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

Posted on June 07, 2022 | views : 287 | कास्की - KSK

जेठ २४, काठमाडौँ | भक्तपुर, कास्की, सप्तरी र मकवानपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली चोकमा बाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दुधको ट्याङ्करले सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको

Read More

पोखराको मनिपाल अस्पतालले अमानवीय व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

Posted on June 07, 2022 | views : 174 | कास्की - KSK

जेठ २४, काठमाडौँ | पोखराको मनिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् । यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मनिपालमा आन्दोलन हुन्छ । सच्चिने

Read More

तारा एयरको पोखरा-जोमसोम-पोरखा उडान २७ जेठसम्म बन्द

Posted on June 02, 2022 | views : 333 | कास्की - KSK

जेठ १९, काठमाडौं | तारा एयरकाे पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ ।  बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगति गरिएको जनाएको छ । 

Read More

पोखरामा दुई जनाको मृत्यु, हत्याको आशंका

Posted on June 01, 2022 | views : 229 | कास्की - KSK

जेठ १८, पोखरा | पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् । घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ । श्रीमान् घर

Read More

दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स भेटियो

Posted on May 31, 2022 | views : 313 | कास्की - KSK

जेठ १७, पोखरा | दुर्घटनामा परेको तारा एअरको जहाजको ब्ल्याकबक्स भेटिएको छ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटना परेको जहाजको ब्ल्याक बक्स भेटिएको हो । शव संकलन तथा खोजी गर्न गएको टोलीले आज बिहान विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) फेला पारेको मुस्त

Read More

तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, पहिचान हुन सकेन

Posted on May 30, 2022 | views : 297 | कास्की - KSK

जेठ १६, काठमाडौं | दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ ग

Read More

तस्बिरमा तारा एयरको विमान दुर्घटना

Posted on May 30, 2022 | views : 867 | कास्की - KSK

जेठ १६, काठमाडौं | आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान भेटिएको छ । चालक दलका तीन सदस्य र १९ जना यात्रु सवार विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  दुर्घटना क्षेत्रमा शव संकलन कार्य भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीय

Read More

विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातको मृत्यु, मुक्तिनाथ जादै थिए

Posted on May 30, 2022 | views : 362 | कास्की - KSK

जेठ १६, काठमाडौं | आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जना

Read More

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

Posted on May 30, 2022 | views : 325 | कास्की - KSK

जेठ १६, पोखरा | नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन ।  नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उ

Read More

विमान दुर्घटनास्थलमा सेना र प्रहरीकाे टाेली पुग्याे

Posted on May 30, 2022 | views : 227 | कास्की - KSK

जेठ १६, पोखरा | नेपाली सेना र नेपाल प्रहरीकाे टाेली तारा एयरको विमान दुर्घटनास्थल पुगेकाे छ । आइतबार सम्पर्कविहीन भएकाे विमान सोमबार बिहान मुस्ताङकाे थासाङ गाउँपालिका-२ मा भेटिएको थियाे।  स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने

Read More

घटनास्थल पुगेका शेरचन भन्छन्– शव चिनिने अवस्थामा छैनन्

Posted on May 30, 2022 | views : 1175 | कास्की - KSK

जेठ १६, पोखरा | आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने

Read More

अझै भेटिएन सम्पर्कविहीन जहाज, खराब मौसका कारण हराएको जहाज खोज्न समस्या

Posted on May 29, 2022 | views : 255 | कास्की - KSK

जेठ १५, पोखरा | तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरकाे भनाइ छ ।  तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज ख

Read More

हराइरहेको तारा एयरका पाइलटको फोन लाग्यो, लोकेसन मुस्ताङको टीटी

Posted on May 29, 2022 | views : 2528 | कास्की - KSK

जेठ १५, पोखरा | पोखराबाट जोमसोमका लागि उडेको र बीचमै सम्पर्क विहिन भएको तारा एयरको जहाजका पाइलटको मोबाइलमा भने फोन लागिरहेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पाइलटको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोनको घण्टी गइरहेको छ । ‘आइतबार दिउँसो सवा एक बजे हामील

Read More

जहाजमा अर्का पाइलट पनि थिए, जो बिदा मनाउन जोमसोम जाँदै थिए

Posted on May 29, 2022 | views : 822 | कास्की - KSK

जेठ १५, पोखरा | आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए ।  यति एयरकै पाइलट लामा विदा मनाउन जोमसोम जान लागेका थिए । पा

Read More

हराएको विमान खोज्न त्रिभुवन विमानस्थलबाट उड्यो सेनाको हेलिकप्टर

Posted on May 29, 2022 | views : 442 | कास्की - KSK

जेठ १५, पोखरा | तारा एयरको विमान सम्पर्कविहिन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा हिँडेको छ । केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो । सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । हेलिकप्टर दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म पुष्टि

Read More

जहाज अपडेटः सिडिओ भन्छन्- लेतेनजिकै टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं

Posted on May 29, 2022 | views : 356 | कास्की - KSK

जेठ १५, पोखरा | पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘ल

Read More

हराएको जहाज लेतेमाथि दुर्घटना भएको आशंका, को को थिए जहाजमा ?

Posted on May 29, 2022 | views : 883 | कास्की - KSK

जेठ १५, पोखरा | पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन । जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको

Read More