बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना १५ वर्षपछि पक्राउ

Posted on: 19 Jan, 2024

माघ ५, काठमाडौं | बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नमा काभ्रेको शिखर आम्बोटे गाविस-३  घर भएका  ४४ वर्षीय टंक बहादुर मगर र ४२ वर्षीय सन्त बहादुर मगर रहेका प्रहरीले जनाएको छ ।

उनीहरु २०६५ असोज २९ गते काभ्रेको साविक साबिक रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई बोक्सीको आरोपमा कुटपिट गरेर हत्या गरेर फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले जनकको हत्या गरी फरार रहेका टंक र सन्तलाई पुष २४ गते पक्राउ गरी मिति २५ गते सन्त बहादुर मगरलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत काठमाडौंमा बुझाए र टंक बहादुर मगरको स्वास्थ्यमा समस्या आएको कारणले उपचार पश्चात् शुक्रबार आवश्यक कानूनी कारबाहीको लागी जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!