काभ्रेको महाभारतमा श्रीमान्-श्रीमती मृत फेला, हत्याको आशङ्का

Posted on: 22 May, 2024

 जेठ ९, काठमाडौँ | काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार स्थानीय ६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको बताए ।

उनीहरूको टाउकोमा हम्मरले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको  महाभारत गाउँपालिका–४ का वडाध्यक्ष विशाल मोक्तानले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा पाँच किलोको हम्मर भेटिएको छ।  बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए। मृतक दम्पतीका तीन छोरा र एक छोरी  काठमाडौं बस्ने गरेकाले गाउँमा उनिहरु दुई जना मात्र बस्दै आएको गाउँपालिका वडाध्यक्ष मोक्तानले बताए। 

उनीहरूको हत्या भएको आशङ्कामा तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!