बनेपामा ट्रकले ठक्कर दिँदा सडकमा कार पूरै किचियो, ४ वटा गाडी क्षतिग्रस्त

Posted on: 29 May, 2024

जेठ १६, काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा बजारस्थित जनागालमा नम्बर नखुलेको एउटा ट्रकले बुधबार अपरान्ह चारवटा गाडीलाई ठक्कर दिएको छ।


ट्रकले ठक्कर दिँदा सडकमै एउटा कार पूरै किचिएको छ । पछाडिबाट ट्रकले ठक्कर दिँदा अगाडिको भ्यानसँग जुध्न पुगेको कार अगाडि पछाडि दुवैतिरबाट कामै नलाग्ने गरी क्षतिग्रस्त भएको छ ।

ट्रकले हानेपछि कारभन्दा अगाडिको भ्यान पनि क्षतिग्रस्त भएको छ । उक्त भ्यानले अगाडिको अर्को कारलाई पनि ठक्कर दिँदा क्षति भएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!