सुक्खा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

Posted on: 17 Aug, 2024

भदौ १, काभ्रे | सुक्खा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

उक्त सडकखण्डमा पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको श्रेष्ठले बताएका छन् ।

सुरक्षाकर्मीको टोली खटाई स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको प्रउनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!