पढ्न करिब 1 मिनेट लाग्छ
काठमाडौँ | कैलालीमा ३२ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । करणी अभियाेगमा भजनी नगरपालिका–७ हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा पक्राउ परेका हुन् ।
महिलामाथि जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

